
काठमाडौं । बैतडीमा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मंगलबार राति मृत्यु भएको हो ।
महिनावारी भएको समयमा गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको हो । किशोरी अनिता नजिकैको जवलपुर माध्यामिक विद्यालय सैलोडामा कक्षा ९ मा अध्यनरत थिइन् ।














