Logo
Logo

विद्यालयमा राजनीतिक हस्तक्षेप अस्वीकार्य : अभिभावक संघ 


1.4k
Shares

काठमाडौं । नेपाल राष्ट्रिय अभिभावक संघले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने बताएको छ । 

सामुदायिक विद्यालयमा सम्बन्धित विद्यालयका अभिभावकहरूलाई बढी जिम्मेवार बनाइ विद्यालय व्यवस्थापन समिति गठन गर्न राज्य संयन्त्रले सहयोग गर्नुपर्नेमा जनप्रतिनिधिलाई अध्यक्ष बनाउने काम गरी शिक्षा क्षेत्रमा अन्योलताको वातावरण सिर्जना गरेको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

संघका अध्यक्ष कोषबहादुर जिसीले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षण संस्थामा गरिने राजनीतिक हस्तक्षेपको कार्यलाई अविलम्ब अन्त्य गरी विद्यालय व्यवस्थापन समितिमा वास्तविक अभिभावकको प्रतिनिधित्व गराई विद्यालयलाई स्वच्छ रूपले चल्ने वातावरण सिर्जना गर्न सरकारसँग अपिल गरेका छन् । 

पछिल्लो समय सामुदायिक विद्यालयहरूमा स्थानीय जनप्रतिनिधिहरू नै व्यवस्थापन समितिको अध्यक्ष बनाउने काम भएका छन् । काठमाडौं महानगरपालिकाले पनि सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति खारेज गर्दै वडा अध्यक्षहरूलाई नै व्यवस्थापन समितिको अध्यक्ष बनाएको छ ।

विद्यालयका अभिभावकहरूलाई पाखा लगाएर जनप्रतिनिधिहरूलाई अध्यक्ष बनाउने कार्यको विद्यालय सम्बद्ध विभिन्न संघ सङ्गठनहरूले आपत्ति जनाउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्