Logo
Logo

मधेश चिनाउन ‘भिजिट मधेश नेपाल-२०२०’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ पुस । ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सघाउने उद्देश्यले ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । नेपाल आएका विदेशी पर्यटकलाई मधेश भ्रमण गराउने ध्येयले सो घोषणा गरिएको हो ।
भिजिट मधेश नेपालद्वारा मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘भिजिट मधेश डटकम’ र भिजिट मधेश नामक मोबाइल एप्प शुरुआत गरिएको छ । तराई मधेसको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकलाई झन् आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
तराई मधेसका २२ वटै जिल्लालाई जोड्ने गरी नागरिकस्तरबाट ‘भिजिट मधेस नेपाल’ अभियान दुई वर्षदेखि जारी रहेको जनाइएको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘तराई–मधेशका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, वेषभूषा एवं विशेषतालाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरी राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन एवं चिनाउँदै अगाडि बढिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्