Logo
Logo

एमाले लुम्बिनी अधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान जारी


693
Shares

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । नेताहरुबीच सहमति हुन नसकेपछि मंगलबार बिहान ८ बजेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको मतदान अहिले भइरहेको हो ।

एमाले लुम्बिनीको अध्यक्षमा नेताहरु राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन । प्रथम प्रदेश अधिवेशनमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो ।

सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर आज बिहानदेखि सुरु गरिएको हो । रातको समयमा मतदान गर्दा गलत सन्देश जाने भएकाले मतदानको कार्यक्रम आज बिहानको लागि सारिएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै प्रदेश नेतृत्व चयन गर्न दिएको निर्देशन दिएका थिए। तर, नेतृत्वमा दुबै खेमाले आ–आफ्नो दाबी नछाडेपछि दुईवटा प्यानल बनाएर नेताहरु चुनावी मैदानमा उत्रिएका छन् ।

एमाले लुम्बिनीको सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा चुनाव हुन लागेको हो । चुनावले ५ पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश समिति निर्वाचित गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्