Logo
Logo

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै


1.8k
Shares

ललितपुर । ललितपुरकाे सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा विश्वसामु परिचित गराउने उद्देश्यले स्थापना गरिएको सम्भवतः विश्वकै सबैभन्दा अग्लो ढुंगाको आराध्यदेव भिं द्यो अर्थात भीमसेनकाे मूर्तिको छैठौँ स्थापना दिवस तथा भिं द्यो पुजा भदौ २२ गते हुने भएको छ ।

सुनाकोठी समाजले वार्षिक रुपमा आयोजना गर्दै आएको भीमसेन जात्रालाई भविष्यमा पनि निरन्तरता दिइने आयोजक सुनाकोठी समाजका अध्यक्ष बिनोद डंगोलले बताए ।

उनले मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको ६० टनको सिङ्गो ढुङ्गाबाट धेरै मेहनतपछि भीमसेनको मूर्ति बनाउन सफल भएको जानकारी बताए । सुनाकोठीमा भब्य तामझामका साथ छैठौं बार्षिक उत्सव मनाउने तयारी अन्तिम चरणमा रहेको अध्यक्ष बिनोद डंगोलले बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000