Logo
Logo

सहमहामन्त्री महेन्द्र यादवमाथिकाे आक्रमणविरुद्ध नेविसंघद्वारा प्रदर्शन


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएपछि पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ । नेविसंघले बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।

नेविसंघले काठमाडौं मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै मसाल जुलुसहित विरोध प्रदर्शन गरे । बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिार्पोटर्स क्लवमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिएपछि सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको थियो ।

उनलाई नुवाकोटको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरि सिंहदरबार प्रहरी प्रभागमा अनुसन्धान गरिरहेको छ । सहमहामन्त्री यादवको ट्रमा सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको ट्रमा सेन्टरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्