
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री, संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाँदैछन् । सोही भ्रमणको तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङलगायतको उपस्थिति रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले आजै परराष्ट्रविज्ञहरुसँग पनि चीन भ्रमणबारे छलफल गर्ने तयारी गरेका छन् ।














