
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान सुरू गरेको छ ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान सुरु गरेकाे जानकारी दिएको हो ।
एयरलाइन्स्ले हरेक आइतबार उडान सञ्चालन गर्ने छ । हिमालयनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः १५ मा प्रस्थान गरेको थियो ।
छिन्ताओकोे जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझ ५ः२२ बजे उक्त अवतरण गर्ने तालिका छ ।उडान अवधि ५ घण्टा ५० मिनेटको रहनेछ ।
पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ लगायतको उपस्थिति रहेको थियो ।














