Logo
Logo

प्रधानमन्त्रीले किन बोलाए विदेशस्थित नेपाली दूतावास र नियोग प्रमुखलाई काठमाडौं ?


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौं बोलाएका छन् ।

श्रम गन्तव्य सुरक्षित बनाउन र मानव तस्करी रोक्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई काठमाडौं बोलाएका हुन् । प्र्रधानमन्त्रीको पहलमा देशमा पहिलोपटक आयोजना हुन लागेको यसप्रकारको बैठक आज सोमबार र भोलि मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

प्रधानमन्त्री प्रचण्डकै अध्यक्षतामा हुने बैठकमा श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भूमिकाका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र समाधानका उपाय पहिचान गरी तिनलाई निर्णयमा बदल्ने काम बैठकले गर्ने बताइएको छ ।

विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ । बैठकमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्