Logo
Logo

मुख्यमन्त्री र मन्त्रीको फोटोमा जुत्ता हान्ने चार फक्राउ


- दृष्टि न्युज/संवाददाता


जनकपुरधाम, ३ माघ । प्रदेश २ का मुख्यमन्त्रीलगायतका मन्त्रीहरुको फोटोमा जुत्ता हान्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न मन्त्रालय तथा सांसदहरुले उपभोक्ता समितिमार्फत गराएको कामको रकम माग गर्दै आन्दोलनरत संघर्ष समितिको प्रदर्शनकारीले प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहको फोटो झुन्डयाएर जुत्ता हानेका थिए । आन्दोलनरत उपभोक्ता संघर्ष समितिले जनकपुरधामको जिरोमाईलमा मुख्यमन्त्रीसहित मन्त्रीहरुको तस्बिरमा जुत्ता प्रहार गरेको थियो ।
उपभोक्ता समितिमार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरेपनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शनसहित जुत्ता हान्नेक्रममा प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, बिमलेश चौधरी र शंकर साहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीहरुलाई कार्यक्रम स्थलबाटै पक्राउ गरिएको हो ।
गत आर्थिक वर्ष २०७५÷०७६ मा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण गरिएका ८ सय ४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । प्रदेश सरकारले बक्यौता रकम भुक्तानी नगरेको भन्दै केही दिनदेखि उपभोक्ता समितिले आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्