Logo
Logo

रुखबाट खसेर काभ्रेमा वडा सविचको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काभ्रे, ५ माघ ।

नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ।

घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते भएका ५० वर्षीय सत्यालको शनिबार मृत्यु भएको हो।

घाइते भएका सत्याललाई धुलिखेल सामुदायिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्