Logo
Logo

वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३ माघ ।
बर्दिया, राजापुर नगरपालिका वडा नं. १० का वडा सदस्य उत्तम चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग विभिन्न बहानामा घुस लिएका थिए ।

Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिइ गएको टोलीले निज चौधरीलाई दुई लाख पचास हजाररुपैयाँ घुससहित दुई साताअघि पक्राउ गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोल उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्