Logo
Logo

विवादकाबीच एआईजीमा आशाले बाजी मारिन्


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ
नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक(एआईजी) बढुवाको सिफारिस उजुरी सुन्ने समितिले सदर गरेको छ । गृहसचिव प्रेमकुमार राई नेतृत्वको बढुवा सिफारिस समितिले डा आशा सिंहलाई एआईजी बढुवामा सिफारिस गरेको थियो । जुनियर डिआईजीलाई सिफारिस गरेको भन्दै अर्का डिआईजी डा मिनराज पाठकले उजुरी गरेका थिए ।


लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली नेतृत्व उजुरी सुन्न समितिले बढुवा समितिकै सिफारिसलाई सदर गरेको छ । सोही अनुसार गृह मन्त्रालयले डिआईजी सिंहलाई एआईजी बढुवाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेकोमा सोमबारको बैठकले बढुवाको निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

जुनियरलाई धेरै नम्बर दिएर बढुवा सिफारिस गरेपछि विवाद भएको थियो । उजुरी सुन्ने समितिले नम्बर जोड्न नै गल्ती गरेको अवस्थामा बाहेक सिफारिस हेरफेर गर्न नसक्ने प्रावधान छ । उजुरी उपर शुक्रबार नै निर्णय गरी पठाइएको अध्यक्ष मैनालीले बताए ।

प्रहरी अस्पतालमा रिक्त रहेको एआईजी पदमा डा सिंहको सिफारिस भएको हो । उनीभन्दा सिनियर र सक्षम रहेका डा पाठक निराश भएका छन् । यसले अस्पताललाई नै कमजोर बनाउने आँकलन गरिएको छ ।

यूएनको मेडल दुरुपयोग गरेको लगायतका विषयमा डा.सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा समेत उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्