Logo
Logo

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद निर्वाचित



काठमाडौं । माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जू निर्वाचित भएका छन्। निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई पराजित गर्दै मुइज्जूले जित निकालेका हुन्।

मुइज्जूले कुल मतको ५४ प्रतिशत मत प्राप्त गरेको जनाएको छ। उनका प्रत्यासी इब्राहिम मोहम्मद सोलिहले पराजित भएको स्वीकार गर्दै मुइज्जूलाई बधाइ दिएका छन्। यसअघि राजधानी मालेका मेयर रहेका मुइज्जु भारतविरोधी नाराका कारण चर्चित छन्। मुलुकको राजनीतिमा भारतीय हस्तक्षेप बढेको भन्दै उनले ‘इन्डिया आउट’ को अभियान चलाएका थिए। उनलाई भारतीयहरुले चीन निकट नेता भएको आरोप लगाउने गरेका छन्।

बेलायतको लिड्स विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधी गरेका ४५ वर्षीय मुइज्जू सन् २०१२ मा राजनतीतिमा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्