Logo
Logo

नाइजेरियामा डुंगा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता



काठमाडौं । नाइजेरियाको उत्तरी राज्य केबी नदीमा यात्रुबाहक डुंगा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका छन् ।

केबीको याउरी स्थानीय सरकारी क्षेत्रमा रहेको साप्ताहिक बजारमा कम्तीमा ५० जना यात्रु बोक्ने क्रममा सोमबार डुंगा पल्टिएको जिल्लाका प्रशासक बाला मोहम्मदले सञ्चारमाध्यमलाई जानकारी दिए ।

मोहम्मदका अनुसार अहिलेसम्म १० जना यात्रुको मात्र उद्धार गरिएको छ। उत्तर-मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा डुंगाले मुसलधारे वर्षाको सामना गर्नुपरेको थियो ।

नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख सालिहु गरबाले राज्यको राजधानी मिन्नामा पत्रकारलाई स्थानीय अधिकारी र आपतकालीन सेवाले हराइरहेका यात्रुको खोजी र उद्धार सेवा शुरु गरेको बताए। स्थानीय गोताखोरलाई डुंगामा सवार बेपत्ता यात्रुको खोजी तथा उद्धारका लागि परिचालन गरिएको गरबाले जनाएको छ ।

पश्चिम अफ्रिकी मुलुकमा डुंगामा रहने अत्यधिक भार र खराब मौसम कारण डुंगा दुर्घटना हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्