Logo
Logo

इटालीमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु



भेनिस । इटालीको भेनिस सहर नजिकैको फ्लाई ओभरमा बस दुर्घटना पछि आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार भेनिससँग जोडिएको मेस्त्रे जिल्लाको रेलवे ट्र्याक नजिकै एउटा पर्खाल तोडेर बस खसेको थियो। मृत्यु हुनेमा पाँच युक्रेनी, एक जर्मन र इटालियन चालक रहेको सहरका प्रमुख मिशेल डि बारीले जानकारी दिएका छन ।

उता, भेनिसका मेयर लुइगी ब्रुगनारोले ‘ठूलो त्रासदी’ भएको टिप्पणी गरेका छन । ‘एक सर्वनाश दृश्य, त्यहाँ कुनै शब्दहरू छैनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

भेनिस र नजिकैको मार्गेरा जिल्लाको क्याम्प साइटको बीचमा पर्यटक लैजानका लागि बस भाडामा लिइएको बुझिएको छ । यो घटना लगभग स्थानिय समय अनुसार साँझ ७ः४५ बजे मा भएको थियो, जब बसले पर्यटकहरूलाई क्याम्प साइटबाट फिर्ता ल्याईरहेको थियो ।

केही स्थानिय समाचार अनुसार बस मिथेन ग्यासबाट संचालित थियो र बिजुलीको लाइनमा खसे पछि आगो लाग्न सुरु भयो । आन्तरिक मामिला मन्त्री माटेओ पियानटेडोसीले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्