Logo
Logo

अविरल वर्षाका कारण देशभरको हवाई उडान प्रभावित


1.1k
Shares

काठमाडौं । सोमबार रातिदेखी परेको अविरल वर्षाका कारण आज (बुधबार) हवाई उडान प्रभावित बनेको छ । प्रतिकूल मौसमका कारण देशभरको उडान प्रभावित बनेको विमानस्थल स्रोतले जनाएको छ ।

बुधबार काठमाडौं–पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ । भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको छ । त्यसपछि उडान प्रभावित बनेको छ ।

त्यसैगरी आज तुम्लिङटारका सबै उडानहरु रद्द भएका छन् । निरन्तरको झरीका कारण काठमाडौंदेखि देशैभरको उडानमा प्रभाव परेको हो ।

प्रतिक्रिया दिनुहोस्