काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको हवाई क्षेत्र ईयूको कालोसूचीबाट चाँडै हट्ने दावी गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किरातीले सेप्टेम्बर ११ देखि १५ सम्म ईयूको टोलीले अडिट गरेर गएको जानकारी दिँदै छिटै नेपालको हवाई क्षेत्र ईयूको कालोसूचीबाट हट्ने दावी गरेका हुन् ।

उनले पछिल्लो समय नेपालले हवाई सुरक्षा दरमा वृद्धि गरेकाले ईयूको कालोसूचीबाट हट्ने जिकिर गरे । त्यस्तै उनले नागरिक उड्ययन प्राधिकरण विभाजनसम्बन्धी विधेयक पनि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति मन्त्रीपरिषद्मा गएको जानकारी दिए ।
मन्त्री किरातीले आफू मन्त्रालयमा आएपछि रु चार अर्ब ऋण तिर्न सफल भएको र क्रमश नाफामा नै रहेको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि विमानहरु सञ्चालनका लागि विदेशी वायुसेवासँग कुरा भइरहेको र स्वदेशी विमानले उडान भरिरहेको बताए ।
बैठकमा समिति सदस्यहरुले निजी कम्पनीसँग प्रतिपर्धा गरेर निगमले सेवा बिस्तार गर्नुपर्नेमा जोड दिएका थिए । समिति सभापति राजकिशोर यादवले निगमलाई धरासयी अवस्थामा पुराउनेको खोजी गरि दीर्घकालीन हितका लागि आवश्यक योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।














