Logo
Logo

भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु


189
Shares

मनाङ । हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिजको मृत्यु भएको हो ।

डेभिज बुधबार श्रीमती बेथ एन फोड्रियत, पथ प्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै थिए ।

बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुंगा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब १०० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो।

उपचारकै क्रममा बिहीबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले जानकारी दिए। डेभिजको शव परीक्षणका लागि हेलिकप्टरमा बिहीबार त्रवि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्