
काठमाडौँ । केही समययतादेखि इतिहास अनुसन्धानमा रहेका लेखक राजकुमार दिक्पालको नयाँ पुस्तक ‘पृथ्वीनारायण शाहः आलोचनात्मक इतिहास’ बजारमा आएको छ ।
मञ्जरी पब्लिकेसन्सले प्रकाशन गरेको लेखक दिक्पालको यो पाँचौँ कृति हो । यसअघि उनको एउटा कथा सङ्ग्रह र तीन वटा इतिहाससम्बन्धी पुस्तक प्रकाशित भइसकेका छन् ।
राजा पृथ्वीनारायण शाहका योगदान सम्बन्धी अनेकौँ पुस्तक र गाथाहरु प्रकाशित भइसकेका छन् । तर उनका कमजोरी र आलोचनात्मक ऐतिहासिक पक्षहरुलाई समेटेर लेखिएको यो पहिलो पुस्तक हो ।
‘नेपाली इतिहासमा पृथ्वीनारायण शाहबारे धेरै पुस्तक लेखिए पनि उनका बारेमा नलेखिएका वा नअटाएका पक्षहरुलाई यो नयाँ पुस्तकमा समेट्न पाएकोमा गौरव गर्न पाएका छौँ ’, पुस्तकका प्रकाशक मञ्जरी प्रकाशनले उल्लेख गरेको छ ।














