Logo
Logo

शहीदको योगदान स्मरणीय छ : मुख्यमन्त्री राई


- दृष्टि न्युज/संवाददाता


विराटनगर, १६ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्ने शहीदहरुको योगदान सधैँ स्मरणीय रहने बताएका छन् ।
बिहीबार शहीद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबैखाले आन्दोलन सफल बनाउन वीर सपुतको बलिदानी रहेको बताए । सन्देशमा भनिएको छ, ‘स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान् शहीदको योगदान सधैँ स्मरणीय रहनेछ । आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा उच्च सम्मान अर्पण गर्दछु ।’
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्ध बनाउन शहीदको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने सन्देशमा जनाइएको छ । माज्ञ १६ लाई शपिहद दिवशका रुपमा मनाइँदै आएको छ । यस्तै आज शहिदहरुको स्मरण गर्दै देशभर विभिन्न कार्यक्रम गरी शहिद दिवश मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्