काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऋणीहरुलाई पाँच प्रतिशत छुट दिने भएको छ ।
बैंकले चाडपर्वको अवसरमा २०८० कार्तिक मसान्तसम्म व्याज भुक्तानी गर्ने ऋणीहरुलाई सबै प्रकारको व्याज भुक्तानीमा पाँच प्रतिशत छुट दिने भएको हो ।

बैंकले भनेको छ– ‘नेपालीहरुको महान् चाड विजया दशमी, शुभ दीपावली, न्यु दँया भिन्तुना र छठ पर्वको सुखद उपलक्ष्यमा मिति २०८० कार्तिक मसान्त सम्म व्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई सबै प्रकारको व्याज भुक्तानी रकममा ५५ छुट दिइने छ ।
त्यस्तै २० वटा वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर घटाएका छन् । चार बैंकको यथावत् छ भने दुइ बैंकले ब्याजदर बढाएका छन्।
संस्थागत मुद्दती निक्षेपको ब्याजदर ५.५ प्रतिशतदेखि ९.०३ प्रतिशतसम्म प्रकाशीत गरेका छन् । ब्याजदर बढाउने बैंकमा नेपाल एसबिआई बैंक र एनएमबी बैंक छन् । त्यस्तै, ब्याजदर स्थिर राख्ने बैंकमा राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंक छन्।












