Logo
Logo
खानपान

दसैंमा मासु कसरी तयार पार्ने ?



काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड दसैं जारी छ । यस अवसरमा विभिन्न परिकार तयार गरी परिवार र इष्टमित्रसँग खाने र रमाइलो गर्ने गरिन्छ ।

दसैंमा विशेष गरी मासु मुख्य परिकार बन्छ । मासु नेपालीको एक प्रमुख खाद्य पदार्थ हो । र, सन्तुलित आहारको एक महत्वपूर्ण तत्त्व पनि । हुन त अहिले मासु खानका लागि दसैं नै पर्खनुपर्छ भन्ने छैन । यद्यपि, दसैंको उल्लासमा मासु विशेष परिकारको रुपमा अगाडि आउँछ । मासु विनाको दसैं कतिका लागि खल्लो हुनसक्छ ।

दक्षिण एसियाली राष्ट्रहरूमध्ये मासु खपत गर्ने मुलुकमा नेपाल अग्रपंक्तिमा रहेको तथ्याङ्कले देखाउँछ ।

दसैंको बेला मासुको माग अरू समयको तुलनामा भन्दा झन्डै दोब्बर हुने विभिन्न तथ्याङ्कले देखाउँछन् । दसैंमा सबैका घरमा खसी, रागा, भैंसी, बोका, च्याङ्ग्रा, कुखुरा, हास, माछा लगायत थरीथरीका मासु पाक्ने गर्छ । पछिल्लो समय त्यसबाहेक विदेशबाट आयतित सामुन्द्रिक खाना पनि हाम्रो भान्सामा सामेल हुन थालेको छ ।

मासुमा प्रोटिन हुन्छ । यसले हाम्रो शरीरमा आवश्यक पोषक तत्वको अभाव पुरा गर्छ । तर, त्यसका लागि कति र कसरी खाने भन्ने कुरा मूख्य हो । अन्याथा यो रोगको स्रोत बन्न सक्छ । त्यसैले हामीले मासु तयार पार्दा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

मासु तयार पार्दा ध्यान दिनुपर्ने कुराहरु–
१. मासु काट्न प्रयोग गरिने हतियारमा खिया लागेको हुनुहुँदैन । लामो समयसम्म प्रयोगमा नआएका हतियारले मासु काट्दै हुनुहुन्छ भने राम्रोसँग सफा गर्न अतिआवश्यक हुन्छ ।

२. मासुका विभिन्न प्रकार छुट्याएर राख्ने गरिन्छ । यसरी छुट्याउँदा सफा केराको पात वा प्लास्टिकको प्रयोग गर्न सकिन्छ । मासु राख्ने भाडा सफा हुन जरुरी छ ।

३. थोरै समयमा मासु पकाउँदा भित्री भाग नपाकेको पनि हुन सक्छ । त्यसैले, मासुलाई लामो समय दिएर पुरै पाक्ने गरि पकाईसकेर मात्र प्रयोग गर्नुपर्छ ।

४. कहिल्यै पनि मासुलाई खुला वा झिगां भन्कने ठाँउमा राख्नु हुँदैन । मासु राख्द अनिवार्य छोप्नुपर्छ ।

५. सकेसम्म लामो समयदेखिको मासुलाई प्रयोग गर्नु हुँदैन । यदि राख्नै परेको अवस्थमा सुरक्षितसाथ फ्रिजमा राख्नुपर्छ ।

६. कहिल्यै पनि पाकिसकेको मासुलाई नपाकेका खानेकुराको छेउमा राख्न हुँदैन । किनभने नपाकेको खानेकुराबाट किटाणु सर्ने प्रवल सम्भावना हुन्छ ।

७. आन्द्रा–भुडी राम्रोसँग सफा गरिसकेपछि मात्र प्रयोग गर्नुपर्छ । यसरी पखाल्दा सफा पानीको प्रयोग गर्नुपर्छ र अनुभवी मानिसले मात्र पखाल्दा राम्रो हुन्छ । यसरी मासु तयार पार्दा सम्भावित कैयौँ स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्