Logo
Logo

नेपाल प्रहरीले आज २७ औं महानिरीक्षक पाउँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ माघ
नेपाल प्रहरीले आज २७ औं महानिरीक्षक पाउने भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबारदेखि अवकाश पाउन लागेपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ आईजिपी नियुक्त गर्ने छ ।


दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । महानिरीक्षक नियुक्ति सम्बन्धि प्रस्ताव ल्याउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलबीच छलफल भइसकेको छ । प्रधानमन्त्री ओलीले नयाँ महानिरीक्षक नियुक्तिको प्रस्ताव ल्याउन गृहमन्त्री बादललाई निर्देशन दिइसकेका छन् । सोहीअनुसार गृहसचिव महेश्वर न्यौपानेले फाइल उठाएको स्रोत बताउँछ । सिनियर डिआईजी ठाकुर ज्ञवालीलाई महानिरीक्षक बनाउन सरकारको तयारी छ ।
विगतमा जयबहादुर चन्दलाई नियुक्त गर्दा तत्कालिन सचिव लोकदर्शन रेग्मीले प्रक्रिया मिचेर प्रस्ताव लैजाँदा सर्वाेच्च अदालतले त्यसलाई उल्टाएको थियो । त्यसकारण कुनै गल्ती नहुने गरी प्रक्रिया अघि बढाउन लागिएको गृह मन्त्रालय स्रोत बताउँछ ।
महानिरीक्षक खनाल आफ्नै कार्यकाल थप्ने प्रयासमा थिए । तर, उनी सफल नभएपछि बिदाईको तयारीमा लागेका छन् । नयाँ आईजिपीका लागि ज्ञवाली र तारिण्ी लम्साल प्रतिस्पर्धामा छन् । तर, दुवै जनाले विगतमा त अस्वस्थ प्रतिस्पर्धा नगरेकाले यसपटक सजिलै आईजिपी नियुक्ति हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्