Logo
Logo

डिएसपी हुमागाईलाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ माघ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिएसपी भिष्म हुमागाईले उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार पाएका छन् । आयोगको २९ औं स्थापना दिवसको अवसरमा यो वर्ष भ्रष्टाचारसम्बन्धि मुद्दामा उत्कृष्ट अनुसन्धान गरेको भन्दै उनी पुरस्कृत भएका हुन् ।


उनले त्रिविमा हुने गोल्ड मेडलको खरिद बिक्रि, दोलखाका तत्कालिन सिडिओ खगेन्द्र प्रसाद रिजालको घुसकाण्ड लगायतको सुक्ष्म अनुसन्धान गरेका थिए । सोही आधारमा उनले पुरस्कार पाएका हुन् । प्रहरीमा उनी अब्बल अनुसन्धान अधिकृत हुन् । यसअघि प्रहरीमा हुँदा पनि उनी ३८ सय केजी सुन तस्करी घटनाको अनुसन्धान टोलीमा आबद्ध थिए । त्यस्तै उनीसहित उपसचिव दीपक खतिवडालाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार दिइएको छ ।
त्यस्तै अन्य १३ जनाले उत्कृष्ट अख्तियार सेवा पुरस्कार पाएका छ । जसमा सहसचिव प्रदीप कुमार कोइराला र शेरजंग कार्की, एसएसपी अरुण कुमार बिसी, उपसचिवहरु मदन कोइराला, रमेश ढकाल, गोकुल बाँस्तोला, सुशीला अधिकारी, गणेश गैरे, सिनियर डिभिजनल इन्जिनियर सुशील श्रेष्ठ, एसपी प्रवीण पोखरेल, डिएसपी मधुकुमार थापा, इन्जिनियर दीपक श्रेष्ठ र इन्सपेक्टर संजीबबाबु खड्का छन् ।

प्रतिक्रिया दिनुहोस्