Logo
Logo

शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन तीन दल प्रतिबद्ध 


693
Shares

काठमाडौं । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेकोमध्ये प्रमुख तीन राजनीतिक दलले  शान्ति प्रक्रियाको बाँकी काम जतिसक्दो छिटो सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मङ्गलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  भएको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच उक्त सहमति भएको हो । छलफलमा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलमध्येका तीन दलका शीर्ष नेताहरूको उपस्थित रहेको थियो । 

छलफल माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको थियो । 

छलफलमा शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो पूरा गर्न एकताबद्ध र प्रतिबद्ध भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

तत्कालीन विद्रोही माओवादी र दलहरूबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । तर शान्ति प्रक्रिया सुरू भएको १७ वर्षसम्म पनि संक्रमणकालीन न्याय र शान्ति प्रक्रिया टुंगो लगाउन दलहरू सफल भइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्