काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्र लगायतसँग एकताका लागि समिति गठन गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले पार्टी एकताको लागि अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा समिति गठन गरेको हो ।
भट्टराईको नेतृत्वमा बनेको संयोजन समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह सदस्य छन् ।
साथै केन्द्रीय समितिले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि दुई महिना थप गरी फागुन मसान्तसम्म पुर्याउने निर्णय गरेको छ ।