Logo
Logo

प्रधानमन्त्री ओली गृह जिल्लामा भ्याइ-नभ्याई


- दृष्टि न्युज/संवाददाता


 

झापा, ४ फागुन । गृह जिल्ला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भ्याइनभ्याई छ । उनले आजै आधा दर्जभन्दा बढी कार्यक्रम भ्याउने भएका छन् । आइतबार नै दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलकोे उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले संघीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गरेका हुन् । ६ दशमलव २१ किमी लम्बाइको सडकको लागत रु चार करोड १६ लाख २२ हजार १५६ रहेको छ । सो सडकको निर्माण श्री रोताहा आरके जेभीले गरेको हो ।
त्यस्तै, दमकलाई मोरङको मधुमल्लासँग जोड्ने पुलको लम्बाई २५० मिटर रहेको छ । रु ३० करोड २२ लाख ९१ हजार ७५० लागत रहेको पुल शर्मा लामा स्वच्छन्द जेभीले निर्माण गरेको हो ।
प्रधानमन्त्री ओलीले आजै दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम छ भने अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्