Logo
Logo

चिसोले कठ्यांग्रिएर जाजरकोटमा एक बलिकाको मृत्यु


567
Shares

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा चिसोले कठ्यांग्रिएर एक बालिकाको मृत्यु भएको छ। गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षीया छोरी रक्षाको चिसोले कठ्यांग्रिएर बुधबार मृत्यु भएको हो।

कात्तिक १७ गते गएको भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका बालिकाके चिसोले निमोनिया भएपछि अस्पताल लैजाने क्रममा छेडागाडस्थित मटेलामा निधन भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए।

गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्