Logo
Logo

जसपाद्वारा तराई थरुहट राष्ट्रिय समितिमा उपाध्यक्ष र सदस्य मनोनयन


441
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको तराई थरुहट राष्ट्रिय समिति (लुम्बिनी प्रदेश)मा सदस्यहरु मनोनयन गरिएको छ ।

बुधबार दाङमा बसेको बैठकले समितिको उपाध्यक्षमा गुलाम हुसेन हलवाई र सदस्यहरुमा लालिमा मल्ल, नोयेन्द्र धिताल,मञ्जु रिजाल, विवेक मिश्र, प्रज्वल चौधरी, सफिक अहमद सिद्धिकी गुड्डु, तरुन्नुम बानो, भरतलाल चौधरी र ओम भगत चौधरीलाई मनोनयन गरेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेश समितिको आयोजनामा मंसिर १९ देखि सुरु हुने प्रशिक्षणमा समितिको तर्फबाट सहभागी हुने प्रतिनिधिको नाम छनौट, सदस्यहरुको मासिक लेबी, मातहतका जिल्लाको यथासिघ्र भेला गर्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्