Logo
Logo

मिडिया नेपालको उपत्यका संयोजकमा फोटो पत्रकार राजथारु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ फागुन । मिडिया नेपालको काठमाडौं उपत्यका संयोजनकमा फोटो पत्रकार दिपेश राजथारु चयन भएका छन् । पर्यटकीय नगरी पोखरामा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट पत्रकारहरुको संगठन मिडिया नेपालको केन्द्रीय कार्यसमितिको पूर्णकालिन बैठकले फोटो पत्रकार राजथारुलाई उपत्यका संयोजक चयन गर्ने निर्णय गरेको हो ।
करिब दु्ई दशकदेखि विभिन्न सञ्चारमाध्यममा फोटोपत्रकारितामार्फत देद र समाजका लागि सक्रिय राजथारुले उपत्यका संयोजकको जिम्मेवारी वहनसँगै भने, ‘मिडया नेपालको उपत्यका संयोजक भएको नाताले आम पत्रकारिता क्षेत्रको हित र श्रमजिवी पत्रकारका लागि आवाज उठाउने प्रयत्न गर्नेछु ।’
साथै, उक्त बैठकले प्रदेश नं ५ का उपाध्यक्षमा श्रीधर सुबेदी, कर्णाली प्रदेशका लागि उपाध्यक्षमा अंगत देवकोटा, सचिवमा कृष्ण खनाल, कोषाध्यक्षमा राधिका जोशी चयन गरेको छ । यस्तै केन्द्रीय सदस्यहरुमा रञ्जित प्रसाइँ (झापा), विजय राउत (सुनसरी) र सविता पोखरेल (गोरखा)लाई मनोनयन गरेको छ ।
बैठकले २५ बर्ष पत्रकारिता क्षेत्रमा खटिरहेका श्रमजीवि पत्रकारलाई पेन्सनको व्यवस्था गर्न मिडिया नेपालले माग गर्ने निर्णय गरेको छ । संस्थाका केन्द्रीय अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा सम्पन्न बैठकले श्रमजीवि पत्रकारहरुको लगनशिलतालाई कदर गर्दै पेन्सनको व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ । यस्तै, बैठकले वर्तमान अवस्थामा श्रमजिवि पत्रकारहरुका लागि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकलाई व्यवहारमा तत्काल लागु गरि समयमा उपलब्ध गराउन सञ्चार गृहहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
यस्तै, मिडिया नेपालको स्थापना दिवस आगामी चैतमा प्रदेश नं ५ को नेपालगञ्जमा मनाउने र सो अवसरमा ५ नं प्रदेश समिति गठन एवं घोषणासभा गर्ने लगायतका निर्णय गरेको नवनियुक्त उपत्यका संयोजक राजथारुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्