Logo
Logo

शिक्षण अस्पतालमा बिष सूचना केन्द्र स्थापना


378
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ (बिष सूचना केन्द्र)को उदघाटनको उद्घाटन गरेका छन् ।

त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा स्थापना गरिएको ‘पोइजन इन्फरमेसन सेन्टर’को मन्त्री बस्नेतले बिहीबार शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा उदघाटन गरेका हुन् । अस्पतालको क्लिनिकल फर्माकलोजी विभागले उक्त ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याएको हो ।

बिष सेवन गरेकाहरुको उपचारलाई प्रभावकारी बनाएर उनीहरुको मृत्युदर कम गर्ने उद्देश्यले विज्ञमार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको हो ।

सो क्रममा स्वास्थ्य मन्त्री बस्नेतले नेपालमा बीष सेवन गरेर आत्महत्या गर्नेको संख्या बढेको स्मरण गर्दै त्यसको रोकथामका लागि त्रिवि शिक्षण अस्पतालले ‘पोइजन इन्फरमेसन सेन्टर’ स्थापना गरेर प्रशंसनिय काम गरेको बताए । त्रिवि शिक्षण अस्पतालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनिय काम गरिरहेको भन्दै उहाले विपन्नको उपचारलाई अझ प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए ।

नेपालमा बर्षेनी ६ हजार ९ सय ३३ जनाले आत्म हत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. राकेश घिमिरेले त्यसमध्ये २० प्रतिसतसम्म बीष सेवन गरेर हुने गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्