हेटौँडा । नेकपा एमाले बागमती प्रदेश कमिटीले प्रथम अधिवेशनबाट निर्वाचित कमिटीको कार्यविभाजन गरेको छ ।
प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले अन्तर पार्टी निर्देशनमार्फत कार्यविभाजनको सूची जिल्लामा पठाएका हुन् । प्रदेश कमिटी पदाधिकारीमध्ये अध्यक्ष ढुङ्गेलले जनसङ्गठन समन्वय संयन्त्रको संयोजकसहित सबै पार्टी कामको संयोजन गर्ने उल्लेख छ ।

त्यस्तै, उपाध्यक्ष दावादोर्जे लामा उद्योग वाणिज्य आपूर्ति विभाग प्रमुख, सचिव नवराज सिलवाल सङ्गठन विभाग प्रमुख, उपसचिव प्रेमबहादुर महर्जन वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख र उपसचिव भक्तकुमारी लामाले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
बैठकले सबै पालिका र प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्रका इन्चार्जहरु समेत तोकेको एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले बताए ।














