Logo
Logo

प्रधानमन्त्री आज धनगडी जाँदै


630
Shares

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुदुरपश्चिमको धनगडीमा जाने भएका छन् । धनगढी कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवमा सहभागी हुन उनी धनगडी जान लागेका हुन् ।

आजदेखि सुरु भइ आगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । महोत्सवको शुक्रबार दिउँसो साढे १२ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहाल शुक्रबार बिहान बुद्ध एयरको विमानमार्फत धनगढी जानेछन् भने उनी आजै साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

व्यवसायिक कृषि प्रर्दशनी, उद्योग व्यापारको प्रवर्द्धन तथा कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धनका लागि आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्