Logo
Logo

एनसेलको शेयर बिक्रीबारे छानविन गर्न समिति गठन


441
Shares

काठमाडौं । सरकारले एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शेयर खरिद–बिक्रीको निर्णय सम्वन्धमा प्रचलित कानूनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरिएको जानकारी दिएकी हुन् । समितिलाई ३० दिनको समय दिइएको छ ।

पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा (दङ्गाल)को संयोजकत्वमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव नितेशकुमार शाक्य, आइक्यान परिषद्का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहने गरी समिति गठन गर्ने निर्णय भएको हो । समितिले आजैबाट कामको सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्