Logo
Logo

पोखरामा रोटरीको अनुभव


- मोहनकृष्ण श्रेष्ठ


  • मोहनकृष्ण श्रेष्ठ

हुन त रोटरी क्लब अफ डिल्लीबजारमार्फत रोटरी अभियानमा समाहित भएको पनि १५÷१६ वर्ष भइसकेको छ । तर पनि, वार्षिक डिष्ट्रिक्ट कन्फरेन्समा भाग लिने मौका पाएको थिइनँ । यो वर्षको शुरुआतमै त्यो साइत पनि जु¥यो । डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठको सक्रिय नेतृत्व र आग्रहमा पोखरामा सम्पन्न फरवरीको ७ देखि ९ तारेखसम्म डिष्टिक्ट कन्फरेन्समा सहभागी भएँ । वास्तवमा वार्षिकरुपमा आयोजना गरिने यस्तो कन्फरेन्स राष्ट्र र जनताको लागि विभिन्न दृष्टिकोणले हेर्दा दूरगामी महत्वको हुने गर्दछ । डिष्टिक्ट कन्फरेन्सले रोटरी अभियानलाई अझ गतिशील तथा प्रभावकारी बनाउन थप ऊर्जा प्रदान गर्छ ।

 

मेरो विचारमा अमेरिकी राजदूत बेरीको गरिमामय उपस्थिति तथा प्रस्तुति यो कन्फरेन्सको एउटा उपलव्धि हो । साथै आउने दिनहरुमा पनि यो क्रम जारी हुनुपर्दछ र नेपालका लागि अन्य विदेशका राजदूतहरुलाई पनि निमन्त्रणा गरी आप्mनो भनाइ राख्न दिन पाएमा उपलव्धीमूलक हुन सक्तछ । त्यस्तै सर्वाेच्च आदालतका माननीय न्यायाधीश सपना प्रधान मल्लबाट व्यक्त विचार पनि निकै मननयोग्य थियो । आधाभन्दा बढी जनसंख्या भएका महिलाहरुको भलो नभई हाम्रो समाज तथा देशको उत्थान कसरी सम्भव होला भन्ने उहाँको उद्गार अति समसामयिक लाग्यो ।

फरवरीको महिना मौसमको हिसाबले पर्यटकीय नगरी पोखरा उत्तम ठाउँ हो । निलो आकाश तथा उत्तरतिर देखिने माछापुच्छ्र«ेलगायत अन्नपूर्ण तथा धौलागीरी हिमालहरुको मनोरम दृष्यले त्यसै पनि मन खुशी हुन्छ । करिव २ हजार जना अटाउने ठूलो हलभित्र पोखराका सौन्दर्यहरुको पेन्टिङहरुले सजाइएकाले निकै मनमोहक देखिएको थियो । औसतरुपमा कन्फरेन्सका लागि गरिएको आवश्यक व्यवस्थामा कुनै कमीकमजोरी थिएन । यतिसम्म व्यवस्थाहरु मिलाउन पनि कैयौँ व्यक्तिको दिनरातको मेहनत पर्दछ । अन्तिम दिन धन्यवादका दुई शव्द नसुनी २ जना पूर्वडिष्टिक्ट्र गनर्भरहरुबाहेक रोटरीका नेताहरु नै अलप भएको देख्दा आयोजक समितिका अध्यक्षले व्यक्त गरेका चोटिलो भावहरु निकै मननयोग्य तथा घतलाग्दो थियो ।

कन्फरेन्सको उद्घाटन तय गरिएअनुसार सोमवार, ७ फरवरीको दिन १ घण्टा जति ढिलो गरी शुरु भयो । कारण रहेछ सन् २०२१÷२२ मा रोटरी इन्टरनेशनलको भावी अध्यक्ष मुख्य अतिथि शेखर मेहताको आगमनमा प्राविधिक कारणवस ढिलाई । यति सम्म त खास कुनै समस्या भएन । उद्घाटन सत्र प्रभावशाली थियो । एक से एक भारतीय, नेपाली तथा अन्य वक्ताहरुले रोटरीको महत्व माथि उजागर गरे । साथै रोटरीवाट समाजमा दिई आएको योगदानका वारेमा पनि भरपूर व्याख्या गरियो । रोटरीमा विद्यमान समस्याहरुका वारेमा पनि निकै गहन सोचविचार गरियो । आउने दिनहरुमा रोटरीलाई कसरी अझ सशक्त रुपमा अगाडि जाने भन्ने वारेमा पनि रोटरीका वक्ताहरुले मन्तव्य राखे । रोटरी अभियानमा युवा, वयस्क तथा प्रौढहरु समेतको जोशजांगर, उत्साह, सहयोग तथा योगदान रहिआएको छ ।

कन्फरेन्सको अवसरमा नेपालमा भएका १२३ क्लबहरुले सम्पन्न गरेका विभिन्न सामाजिक क्रियाकलापहरु झल्कने सानोतिनो प्रदर्शनी जस्तै व्यवस्था गरिएको थियो । यसको साथै केही क्लबहरुले आआफ्नो कार्य विवरण प्रस्तुत गर्ने मौका पनि पाएका थिए । हाम्रो डिल्लीवजार रोटरी क्लबको लागि पनि पिस कन्फरेन्सको बारेमा पेश गर्न ५ मिनटको समय दिइएको थियो । यो विषय त अब रोटरीको ६ वटा मुलभुत विषयमा एउटा भएको छ । तर अन्तिम वक्ताको रुपमा रोष्ट्रममा पुग्दा हलमा थोरै मात्र रोटरीयन मित्रहरुको उपस्थिति रह्यो । शायद यो महत्वपूर्ण विषय प्रस्तुत गर्ने समय पहिला उपलव्ध भएको भए धेरै मित्रहरुले सुन्न पाउने थिए भन्ने आभास भयो ।

दोस्रो दिन ८ फरवरीमा समाजका विभिन्न पेशाहरुवाट आउनु भएका नेपाली प्रवुध्दवर्गको कुरा सुन्न पाईयो । मासिक १०० रुपैयाँमा विद्यार्थीहरुलाई स्कुलमा पढाउने चांजोपांजो मिलाएका उतम संजेलको प्रस्तुती निकै ओजपूर्ण थियो । वहांले नेपालमा मात्र नभै अन्य कतिपय देशहरुस्मा समेत यही प्रकारले आर्थिक रुपमा कमजोर विद्यार्थीहरुलाई न्युनतम शुल्कमा पढाउने अवसर जुटाउन स्कूलहरु स्थापना गरी नेपालको शान प्रदर्शन गरी सकेको कुरा सुन्न पाइयो । अरु त अरु नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डल्वु बेरीको विचार पनि सुन्न पाइयो । उहाँको विचार निकै रोचक तथा महत्वपूर्ण भएको पाएँ । ७३ वर्षदेखिे नेपाल तथा अमेरिकाबीचको सम्बन्धमा यथेष्ठ प्रकाश पार्नुको अलावा अमेरिकाले नेपालमा सहयोग गर्न एमसीसीका बारेमा स्पष्ट कुरा राख्नुभयो । मेरो विचारमा अमेरिकी राजदूतको गरिमामय उपस्थिति तथा प्रस्तुति यो कन्फरेन्सको एउटा उपलव्धि हो । साथै आउने दिनहरुमा पनि यो क्रम जारी हुनुपर्दछ र नेपालका लागि अन्य विदेशका राजदूतहरुलाई पनि निमन्त्रणा गरी आप्mनो भनाइ राख्न दिन पाएमा उपलव्धीमूलक हुन सक्तछ ।

त्यस्तै सर्वाेच्च आदालतका माननीय न्यायाधीश सपना प्रधान मल्लबाट व्यक्त गर्नुभएको कुराहरु पनि निकै मननयोग्य थियो । आधाभन्दा बढी जनसंख्या भएका महिलाहरुको भलो नभई हाम्रो समाज तथा देशको उत्थान कसरी सम्भव होला भन्ने उहाँको उद्गार अति समसामयिक नै थियो । भलै हालका वर्षहरुमा महिलावर्गको भलाइका लागि देशमा दूरगामी किसिमका कानूनी तथा संवैधानिक कामहरु पनि नभएका होइनन् ।

पोखराको कन्फरेन्समा करिव १५०० जना रोटरीयनहरुको जमघट भएको देखियो, सुनियो । कतिपय कैयौ वर्ष देखि नभेटिएका मित्रहरु पनि भेटिए । केही नयां रोटरीयन मित्रहरु पनि बनाइए । क्लबहरुका बीचमा अलि–अलि कम्पिटिशनजस्तो भावना पनि हँुदो रहेछ । आउने दिनहरुमा क्लबहरुका बीचमा पनि कुनै प्रकारको आपसी चिनाजान तथा विचारविमर्श गर्ने कार्यक्रम राख्नु उपयुक्त हुने जस्तो लाग्दछ । साथै रोटरीमा हाल समाजमा ख्याती पाईसकेका तथा सरकारी उच्च ओहदामा काम गरी सकेका व्यक्तिहरु पनि निकै छन् । देशलाई काम लाग्ने विषयवस्तुहरुमा यस्ता अनुभवले पोख्न व्यक्तिहरुको विचार सुन्ने परिपाटी को विकास गर्न सकेमा पनि उपयुक्त हुने देखिन्छ ।

प्रेसिडेन्ट २०१९–२०२०, रोटरी क्लब अफ डिल्लीबजार

प्रतिक्रिया दिनुहोस्