Logo
Logo

थाई एयरवेजको ८० थान ‘ग्राउ‍न्ड ह्यान्डलिङ’ उपकरण नेपाल एयरलाइन्सलाई



काठमाडौं । थाई एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ उपकरण नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)लाई हस्तान्तरण गरेको छ ।

निगम र थाई एयरवेजबीच भएको सम्झौता अनुसार थाई एयरलाइन्सले आइतबार आफूसँग रहेको ८० थान ग्राउन्ड ह्यान्डलिङ उपकरण निगमलाई दिएको हो ।

लामो समयदेखि थाई एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उडानको सेल्फ ह्यान्डलिङ गर्दै आएको थियो । तर, गएको २९ अक्टोबरमा थाई एयरवेजले सेल्फ ह्यान्डलिङ गर्न छोडेर निगमसँग ग्राउन्ड ह्यान्डलिङ सेवा लिन सम्झौता गरेको थियो ।

सम्झौतापत्रमा निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाई एयरवेजको तर्फबाट थाई एयरवेजका वेस्टर्न एन्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्