Logo
Logo

मौद्रिक नीतिमा सुधारले ब्याजदर घट्यो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्था र मौद्रिक नीतिमा गरिएको सुधारका कारण ब्याजदर घटेको दाबी गरेका छन् ।

उनले मंगलबार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै बैंकहरुको आधार ब्याजदर घटेर एकल अंकमा आएको र बैंक कर्जाको ब्याजदर पनि घटेको बताए ।

‘ब्याजदर घटेको छ । यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ,’ उनले भने, ‘पूँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भएको छ । तर, अपेक्षित सुधार नहुँदा चिन्तित छौं र सुधारका लागि गम्भीर गृहकार्यमा छौं ।’

व्यापार घाटामा कमी आएपनि निर्यात नबढी आयात घटेर कम भएको व्यापार घाटा दिगो हुँदैन भन्ने वास्तविकता लुकाउन नहुने उनले बताए ।

‘आन्तरीक उत्पादनसँगै निर्यात पनि बढाउनेगरी उत्पादन परिमाण वृद्धि गर्न आवश्यक पहल लिनेछौं,’ उनले भने, ‘रेमिट्यान्स २६ प्रतिशत बढेको छ । रेमिट्यान्ससँगै भित्रिएको सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेमा सरकार केन्द्रित हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्