Logo
Logo

क्यासिनोको एक करोड रुपैयाँ बरामद, गिरोहको खोजी हुँदै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ फागुन,
एक करोड नगदसहित पक्राउ परेका श्रवणकुमार चौधरीमाथि पनि सम्पत्ति शुद्धीकरणले अनुसन्धान अघि बढाएको छ । बरामद पैसा क्यासिनोको भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

चौधरी २ फागुनमा झापाको काँकडभित्तामा पक्राउ परेका हुन् । बा.१२च ९६८ नम्बरको कारमा एक करोड नगद बोकेर उनले भारत लैजान खोजेको खुलेको छ । चौधरीलाई थुनामा राखेर विभागले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा कुनै समूहले उनलाई पैसा बोकाएर कसैलाई दिन पठाएको र यसमा आपराधिक गिरोह संलग्न हुन सक्ने भएकाले उनीहरुको खोजी भइरहेको विभागका अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्