Logo
Logo

जन्मकैदको सजाय पाएका फरार अभियुक्त ५ वर्षपछि पक्राउ


504
Shares

काठमाडौं । सिराहामा जन्मकैदको सजाय पाएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । खुन डाँका मुद्दामा फरार रहेका सिराहाको कल्याणपुर नगरपालिका–१२ बेल्हा बस्ने ५६ वर्षीय मो. इब्राहिम मियालाई प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।

मियालाई उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष (जन्मकैद)को सजाय फैसला सुनाएको थियो । त्यसपछि फरार रहेका उनलाई मंगलबार सिराहा नगरपालिका ७ अस्पताल स्थितबाट पक्राउ गरेर बुधबार जिल्ला अदालतमा पेश गरिएको थियो ।

अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्