Logo
Logo

चितवनमा मोटरसाइकलको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु


693
Shares

काठमाडौं । चितवनमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी सुनवल नगरपालिका–८, जयगुडीका ६२ वर्षीय श्रीमान् गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उक्त कार्यालयका अनुसार आज (बिहीबार) बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा लु ८४ नम्बरको मोटरसाइकलले पैदलयात्री गुरुङलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका गुरुङको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्