Logo
Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २२ हजार पुग्यो



काठमाडौं । आज (बिहीबार) सुनले नयाँ रेकर्ड कायम गरेको छ । एकैदिन प्रतितोला १ हजार तीन सय रूपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । आज बजारमा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक हजार चार सय ९० रूपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्