Logo
Logo

थाइल्याण्डका लागि नवनियुक्त राजदूत धनबहादुरले लिए शपथ


315
Shares

काठमाडौं । थाइल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर वलीले राष्ट्रपतिबाट शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहबीच वलीले राजदूत पदको पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

शपथ समारोहमा परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो।

राजदूतहरूले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिबाट शपथ लिनुपर्ने संवैधानिक व्‍यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्