Logo
Logo

इपीएस प्रदर्शनमा मृत्यु भएका युवालाई गोली लागेको थिएन, छातीमा देखियो डाम


4.2k
Shares

काठमाडौं । इपीएस परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा एक युवाको मृत्यु भएको छ । तर, प्रहरीको गोली लागेर उनको मृत्यु नभएको भेटिएको छ ।

ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर एक युवाको उपचारको क्रममा मृत्यु भएको भनिए पनि उनलाई मृतक भएको घोषणा गरेको किस्ट अस्पतालले भने गोली नलागेको बताएको छ ।

प्रदर्शनका क्रममा २३ वर्षीय सुजन राउतको मृत्यु भएको छ । किस्ट अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकले दिएको जानकारी अनुसार उनलाई अचेत अवस्थामा किस्ट अस्पताल पुर्‍याइएको थियो ।

पाठकले भने– ‘उहाँलाई अचेत अवस्थामै अस्पताल ल्याइएको थियो । थप उपचार सम्भव भएन । उनको छातीमा एउटा डाम देखिएको छ । त्यसबारे मेडिकल अनुसन्धान जारी छ । उनलाई गोली लागेको छैन ।’

दक्षिण कोरिया रोजगारीका लागि इपीएस प्रणालीमार्फत सिप बिल्डिङमा परीक्षा दिएकाहरूले उत्पादनमूलक क्षेत्रमा परीक्षा दिन नपाउने भएपछि प्रदर्शन भएको थियो । 

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्