Logo
Logo

इपीएस प्रदर्शनमा अर्का युवकको पनि मृत्यु


2.6k
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

आज (शुक्रबार) दिउँसो बा २ झ ५८६१ नम्बरको गाडीमा इपिएस परीक्षार्थीले आगजनी गरेका थिए । सो क्रममा बालकुमारीमा क्षेत्रमा शुक्रबार दिउँसो झडपसमेत भएको थियो ।

उक्त घटनामा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको हो । राउतको इमाडोलस्थित किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा मृत्यु भएको हो ।

जुम्लाका राउत अहिले भक्तपुर क्षेत्रमा बस्दै आएका थिए । शाहको भने पूरा परिचया भने खुलिसकेको छैन ।

राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्