Logo
Logo

बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनयो डिआइजीको नेतृत्वमा समिति


3.4k
Shares

काठमाडौं । दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।

शुक्रबार दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रकाश ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनी भएको थियो ।

उक्त घटनामा दुई जनाको मृत्यु भएपछि छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयको सचिवालयले जानकारी दिएको छ ।

समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धा विभागका उपनिर्देशक बासु सिग्देल छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो । त्यसक्रमाम प्रहरीले अश्रुग्यास हानेको थियो ।

प्रतिक्रिया दिनुहोस्