Logo
Logo

बालकुमारी घटना- प्रधानमन्त्रीले लिए सुरक्षा अधिकारीहरूसँग ब्रिफिङ



काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनाबारे प्रधानमन्त्री र सुरक्षा निकायका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् ।

शनिबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका हुन् ।

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत उपस्थित थिए ।

ब्रिफिङमा उनीहरूले घटनाबारे जानकारी गराउँदै छानबिन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले घटना आकस्मिक र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्