काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बारा–काठमाडौं सम्पर्क मञ्चको १३ औं सम्मेलन आज काठमाडौंको तीनकुनेमा सम्पन्न भएको छ ।
सम्पन्न सो भेलाबाट अजय कुशवाहाको अध्यक्षतामा ११ सदस्यीय बारा–काठमाडौं सम्पर्क मञ्च गठन भएको छ । कमिटीको उपाध्यक्षद्वय सुस्मिता मैनाली, रविशंकर प्रसाद यादव, सचिवमा राजिव मनान्धर, सहसचिवमा नागेन्द्र पासवान, सदस्यहरूमा विवेक गुप्ता, जावेद आलम लगायतका रहेका छन् ।

भेलामा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दिनेश राई, केन्द्रीय सदस्यहरू चमिना भट्टराई, श्रीप्रसाद पासवान, विभा कार्की, हिमाल खरेल, संविधान सभा सदस्य रामचन्द्र प्यासी, एकीकृत समाजवादी बाराका अध्यक्ष विजेन्द्र चौधरी, मधेस प्रदेश सम्पर्क मञ्चका अध्यक्ष बेदनाथ कोइराला, एकीकृत समाजवादी बाराका उपसचिव सरस्वती मैनाली, सचिवालय सदस्य सुभास साह, मनोज गुप्ता, गणेश रिजाल, राजु आचार्य लगायतको विशेष सहभागिता रहेको थियो ।














