Logo
Logo

एमाले गण्डकीले चैतभित्रै जिल्ला अधिवेशन गर्ने



काठमाडौं । नेकपा एमाले गण्डकीले प्रदेशमा रहेका पार्टीका जिल्ला अधिवेशन चैतभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । पोखरामा सम्पन्न पार्टीको पहिलो बैठकले प्रदेशभित्र रहेका ११ जिल्लाको अधिवेशन चैतभित्र सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले जनवर्गीय संगठनको अधिवेशन माघभित्र सम्पन्न गरी चैतभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सचिव धनञ्जय दवाडी जानकारी दिए ।

बैठकले पार्टीअन्तर्गत प्रदेशका निर्वाचन क्षेत्र, भूगोल, जिल्ला, पालिका, जनवर्गीय संगठनलगायतमा विभागीय जिम्मेवारीसमेत तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्