
काठमाडौं । दाङमा बस दुर्घटनामा परी ३५ जना घाइते भएका छन् । दाङ तुलसीपुरमा भे १ ख २०४१ नम्बरको बस आज (आइतबार) विहान ७ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी विष्णु थारू, निरु थारू, ढन्जु चौधरी, शन्ताराम थारू, कृतिका थारू, अनिता थारू, सिद्धार्थ थारू, रुपा थारू र सरु थारू, राम गोपाल थारू, प्रिन्सा थारू, प्रभाकुमारी थारू, जुना थारू, प्रविना थारू, सुरेशकुमार थारू, आदित्य थारू, रक्षा थारू, वसन्ती थारूलगायत घाइते भएका छन् ।
घाइतेहरू वनभोज गएका बर्दिया पिपरहवा कृषि समूहका सदस्य भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।














